२१ कार्तिक २०८३, शनिबार

उत्पीडित वर्गलाई छाडेर संविधान लेख्ने शासकवर्गलाई नछाड्ने नारायणकाजीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan-Kaji-Shrestha

काठमाडौं, २८ भदौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ बन्ने संविधानमा उत्पीडित वर्गका अधिकारलाई नसमेटेर शीर्ष नेताले गल्ति गरेको बताउनुभएको छ ।

आफ्नो एक अन्तर्वार्तामा उहाँले उत्पीडित वर्गका अधिकारलाई संस्थागत गर्न संविधान निर्माण भएपछि एमाओवादी पनि आन्दोलनमा जाने बताउनुभयो । उहाँले चेतावनी दिँदै भन्नुभयो- ‘अहिले नै सम्बोधन गर्न सकिने र सम्बोधन गर्नुपर्ने मुद्धाहरु सम्बोधन नगरेर शासकवर्गबाट केही हठ अभिव्यक्त भएको छ, अब हामी त्यसलाई आन्दोलनबाटै परास्त गर्छाै ।’

उपाध्यक्ष श्रेष्ठले नयाँ संविधानमा भएका राम्रा कुराहरुको कार्यान्वयन, रक्षा गर्ने र संस्थागत हुन नसकेका उत्पीडित वर्गका हकहितका निम्ति हामी आफैं अग्रपंतीमा रहेर संघर्ष गर्ने चेतावनी दिनुभयो ।

आइतबार संविधानसभाबाट प्रमुख दलका तीन शीर्ष नेताहरुले जायज मागहरु नयाँ संविधान जारी भएपछि पनि संशोधनबाट सम्बोधन गर्ने आश्वासन दिएपछि श्रेष्ठले यस्तो चेतावनी दिनुभएको हो ।