२१ कार्तिक २०८३, शनिबार

कांग्रेसका तीन सभासद संविधानसभामा फर्किए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ भदौ । पार्टी निर्देशन विपरित संविधानसभामा जारी मतदान प्रक्रिया बहिस्कार गरेका सत्तारुढ दल नेपाली कांग्रेसका तीन जना सभासद् संविधानसभामा फर्किएका छन् ।

यसअघि अमरेशकुमार सिहंसहित कांग्रेसका पाँच जना सभासदले आइतबारको मतदान प्रक्रिया बहिस्कार गरेका थिए । तर, सोमबार कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले निर्देशन नमाने पार्टीले कडा कारवाही गर्ने चेतावनी दिएपछि पाँचमध्ये तीनजना सभासद सोमबार संविधानसभाको प्रक्रियामा फर्किएका हुन् ।

संविधानसभामा चलिरहेको सोमबारको मतदान प्रक्रियामा कांग्रेस सभासदहरु राम अयोध्या यादव, दिनेश यादव र तेजुलाल चौधरी सहभागी भएका छन् । यसअघि आज विहान सभासद राम अयोध्या यादवले कारवाही गरे नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए ।

तर, कांग्रेसका चर्चित मधेसी सभासद अमरेशकुमार सिंह र सुरेन्द्र चौधरी भने पार्टीको चेतावनीपछि पनि संविधान निर्माणको प्रक्रियामा फर्किएनन् ।