२१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा कर्फ्यु दुई घण्टाका लागि खुकुलो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन हिंसात्मक भएपछि शान्ति सुरक्षा कामय गर्न स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश आज दुई घण्टाका लागि खुकुलो बनेको छ ।

जिल्ला सुरक्षा समिति पर्साको आज बिहान बसेको बैठकले कर्फ्यु दुई घण्टाका लागि खुकुलो बनाउने निर्णय गरेको प्रशासकीय अधिकृत बसन्त न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पर्साको वीरगञ्जमा लगाइएको कर्फ्यु सर्वसाधारणलाई अति आवश्यक बस्नु लिनका लागि सहज होस् भनेर बिहान नौ बजेदेखि एघार बजेसम्म खोलिएको न्यौपानेले बताउनुभयो ।

कर्फ्यु एघार बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि जारी रहनेछ । वीरगञ्जको कर्फ्युका कारण स्थानीय समस्यामा परेका छन् ।

Parsa Ma Karfu