काठमाडौं, २८ भदौ । संविधानसभाको बैठक आज पनि बस्दैछ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा एघार बजेपछि बस्ने बैठकमा ससंविधानको विधेयकमाथि परेका संशोधन प्रस्तावहरू निर्णयार्थ पेश गरिने छन् ।
यसअघि आइतबार संविधानका तीन वटा संशोधन प्रस्ताव पारित भएका थिए । बाँकी संशोधन प्रस्तवहरू आजको बैठकमा पेश हुने छन् ।
संविधानको विधेयकमा परेका संशोधनहरूलाई सकेसम्म आजै निर्णयार्थ पेश गरेर प्रक्रिया सक्ने संविधानसभा सचिवालयको तयारी छ ।
तर सबै संशोधन प्रस्तावमा आज निर्णय हुन नसके भोलि पुनः बैठक बसी टुङ्गो लगाइनेछ ।
बुधबारसम्म नयाँ संविधानको विधेयक पारित गरेर जारी गर्ने योजनाका साथ संविधानसभाको सचिवालयले तयारी गरेको बुझिएको छ ।












प्रतिक्रिया