२१ कार्तिक २०८३, शनिबार

मधेसी नेतालाई कृष्ण सिटौलाको चेतावनीः पैसा देखाएर मर्न र मार्न लगाउनेसँग वार्ता हुँदैन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-situla-1काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले यथास्थितीमा आन्दोलनकारीसँग कनै हालतमा वार्ता नहुने बताउनुभएको छ ।

आइतबार संविधानसभा बैठकमा संविधानको बिधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा सिटौलाले पैसाको प्रलोभन देखाएर निर्दोष नागरिकलाई मर्न र मार्न लगाउने हिंसात्मक आन्दोलनको आवाज संविधानसभाले नसुन्ने चेतावनी दिनुभएको हो ।

मधेसी मोर्चा तर्फ कटाक्ष गर्दै उहाँले भन्नुभयो–‘पैसामा मान्छेको मूल्य तोकेर निर्दोष नागरिकलाई मर्न र मार्न लगाउने आन्दोलनकारीसँग कदापी वार्ता हुन् सक्दैन्, वार्तामा आउने भने पहिला हिंसात्मक गतिविधी बन्द गर्नपर्छ ।’ उहाँले तराई मधेमा आन्दोलनको नाममा हिंसात्मक गतिविधी भइरहेको समेत बताउनुभयो ।

राष्ट्रपतिलाई समेत संसदबाटै थर्काउँदै आफ्नो पदीय मर्यादामा बस्न उहाँले आग्रह गर्नुभयो ।