काठमाडौं, २७ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मुलुकको वर्तमान राजनीतिक समस्याको जड ठूला राजनीतिक दलको भएको आरोप लगाउनुभएको छ ।
आइतबार दिउँसो २ बजेबाट सुरु भएको संविधानसभाको बैठकमा बोल्दै बिजुक्छेले नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिका साक्षीहरुबीच भएको १६ बुँदे सहमतिले समस्यालाई सल्टाउनुको साटो झन् झन् मुलुकलाई अप्ठ्यारो परिस्थितितिर धकेलेको र विदेशी हस्तक्षेप बढ्दै गएको बताउनुभयो ।
संविधान निर्माणमा आफूहरुले राखेको प्रस्तावलाई अस्वीकृत गरिएकामा उहाँले असहमति जनाउनुभयो । रासस




![laxLaf/ a;]sf] Joj:yflksf ;+;bdf cfkmgf] wf/0ff /fVb} g]kfn dhb'/ ls;fg kf6L{sf cWoIf gf/fo0fdfg lah'S5] . tl:a/ M /Tg >]i7, /f;; .](https://www.dainiknepal.com/wp-content/uploads/2015/08/naryanman-bijukche-650x433.jpg)








प्रतिक्रिया