३० आश्विन २०८३, शुक्रबार

तराई आन्दोलनले ग्यासको कृत्रिम अभाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gasबनेपा, २७ भदौ । तराईमा चर्केको आन्दोलनका कारण काभ्रेपलाञ्चोकको बनेपामा ग्यासको कृत्रिम अभाव भएको छ ।

झन्डै २० दिनदेखि ग्यास सिलिन्डर नआएका कारण उपभोक्ताले रु एक हजार ८०० देखि रु दुई हजारसम्म मूल्य तिरेर ग्यास खरिद गर्न बाध्य भएको बताएका छन् । “मागअनुसार ग्यास सिलिन्डरको आपूर्ति हुन सकेको छैन” बनेपा पुलबजारस्थित चण्डी ग्यासका वितरक नातिबाबु कुँवरले भन्नुभयो ।

उहाँले चण्डी ग्यासका उपभोक्ता जिल्लामा करिब पाँच हजार भएको उल्लेख गर्दै ग्यास दुई हजार ४०० मात्रै आएको बताउनुभयो । जिल्लामा चण्डी ग्यासबाहेक, सूर्य र सगरको ग्याससमेत उत्तिकै हाराहारीमा खपत हुने गरेको व्यवसायीले बताएका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद शर्माले जथाभावी रकम लिनेहरुलाई प्रमाण पुगेपछि कारबाही हुने जानकारी दिँदै तत्काल कारबाही प्रक्रियामा जान्छौँ भन्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय, धुलिखेलका प्रमुख क्रषिराम केसीले अनुगमन गरिने र प्रमाणित भए कालाबजारी ऐनअनुसार कारबाही हुने बताउनुभयो । कृत्रिम अभाव हटाउन तत्काल कदम चालिने र कृत्रिम अभावको अवस्था सिर्जना नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो । रासस