२१ कार्तिक २०८३, शनिबार

‘अवैध पैसाको भरमा तराई-मधेसमा आन्दोलन, वार्तामा नआए पनि संविधान जारी हुन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetभक्तपुर, २७ भदौ । उद्योगमन्त्री महेश बस्नेतले भदौ मसान्तभित्रै नयाँ संविधान आउने दाबी गर्नुभएको छ ।

नेकपा (एमाले) चाँगुनारायण नगर कमिटीले आज यहाँ आयोजना गरेको तीज कार्यक्रममा उहाँले भदौ मसान्तभित्र संविधान ल्याएर असोज पहिलो हप्तासम्ममा संविधान घोषणा गरिसक्ने बताउनुभयो ।

आन्दोलनरत दललाई संविधान निर्माण प्रक्रिया नै रोकेर वार्ताका लागि आह्वान गरेको बताउँदै उहाँले वार्तामा आए पनि नआए पनि संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री बस्नेतले अहिलेको जटिल स्थितिमा जात, क्षेत्र, धर्मको नाममा र पैसाका आडमा आतङ्क फैलाउने गरी कसैले पनि राजनीति गर्न हुँदैन भन्नुभयो । उहाँले अवैध पैसाको भरमा तराईलाई आतङ्कित पार्न खोजिएको आरोपसमेत लगाउनुभयो । रासस