दमक, २७ भदौ । झापाको तोपगाछीमा एक व्यक्तिले आफ्नी पत्नीको हत्यापछि प्रहरीमा आत्मसमर्पण गरेका छन् ।
तोपगाछी–८ स्थित प्रहरी चौकीसँगै घर भएका पर्शुराम रिजालले अन्दाजी ४० वर्षीया श्रीमती दुर्गाको हत्या गरेका हुन् ।
घरायसी विवादपछि पर्शुरामले जथाभावी प्रहार गर्दा पत्नीको दुर्गाको मृत्यु भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरी भनाइ छ ।
प्रहरीले पर्शुरामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रोखको जनाएको छ ।
पत्नीको हत्यालगत्तै स्थानीय प्रहरी चौकीमा गएर पर्शुरामले आत्मसमर्पण गरेका हुन् ।












प्रतिक्रिया