२१ कार्तिक २०८३, शनिबार

थारु आन्दोलनकारीसँग प्रधानमन्त्री कोइरालाले छलफल गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatarकाठमाडौं, २७ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत थारु आन्दोलनकारीका मागका विषयमा छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलका लागि थरुहट, थारुवा संयुक्त संघर्ष समितिका तर्फबाट गठन गरिएको तीन सदस्यीय कार्यदलले आफूहरूका मागका विषयमा जानकारी गराउनेछ ।

थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्ष राजकुमार लेखी, एकीकृत माओवादीका सभासद अमनलाल मोदी र थारुहट पार्टीका नेता मीनराज चौधरीले थारुहरूले अघि सारेका माग र वार्ताका लागि गम्भीर बन्न प्रधानमन्त्री कोइरालासँग आग्रह गर्नु हुनेछ ।

पूर्व अध्यक्ष लेखीले आफूहरूको आन्दोलन र वार्तासँगसँगै अगाडि बढ्नेभन्दै वार्ताबाट निकास आउनेमा आफूहरू आशावादी रहेको बताउनुभयो । ‘हाम्रो आन्दोलन जारी छ’, उहाँले भन्नुभयो, ‘वार्ता र आन्दोलन सँगसँगै अगाडि बढ्छ ।’

सरकारलाई वार्ताका लागि दवाव दिने उदेश्यका साथ थारु संयुक्त संघर्ष समितिको सचिवालयले शनिबार बेलुका तीन सदस्यीय कर्यादल बनाएको थियो ।

कार्यदलले वार्ताको वातारणरण बनाएपछि थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरीको नेतृत्वमा जाने टोलीले सरकारसँग वार्ता गर्नेछ । प्रधनमन्त्री र थारु आन्दोलनकारीबीच नौ बजे बालुवाटारमा छलफल हुनेछ ।