
काठमाडौं, २७ भदौ । संविधानको विधेयकलाई आजदेखि संविधानसभाको बैठकमा प्रक्रियाबाट अगाडि बढाउने तयारी गरिएको छ ।
संविधानको विधेयकमा प्रक्रियामा लैजाने शुक्रबारको तयारी दुई दिनका लागि स्थगित गरिएको थियो ।
साढे एघार बजेपछि बस्ने संविधानसभा बैठकमा दलका शीर्ष नेताहरूले धारणा राखेपछि संविधानको विधेयकका धाराहरूलाई एक–एक गरेर निर्णयार्थ पेश गर्ने तयारी संविधानसभा सचिवालयले गरेको छ ।
मतदान प्रक्रिया सरासर अगाडि बढे दुई दिनमा धाराहरू पारित भइ नयाँ संविधानको विधेयक पारित हुनेछ ।
यद्यपि, प्रमुख दलहरू र आन्दोलनकारी थारु तथा मधेसी दलहरूसँगको वार्ताले ठोस आकार नलिइसकेका कारण संविधानसभाको आजको बैठक प्रक्रियाबाट अगाडि बढ्नेमा आशंका जन्माएको छ ।
मधेसी मोर्चाले संविधानसभाको प्रक्रियालाई केही दिन अरु स्थगित गर्न दवाव दिँदै आएको छ ।
तर प्रमुख दलका शीर्ष नेताहरू त्यो प्रस्तावलाई रुचाएका छैनन् । शीर्ष नेताहरूले वार्ता र सम्वादलाई सँगसँगै अगाडि बढाउने पक्षमा देखिएका छन् ।












प्रतिक्रिया