२१ कार्तिक २०८३, शनिबार

प्रमुख तीन दलको बैठक बालुवाटारमा बस्दै, समस्या समाधानका विषयमा केन्द्रित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २७ भदौ । प्रमुख तीन कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

अहिले केही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आन्दोलनरत समूहसँग भएका अनौपचारिक वार्ता र सम्वाद तथा मागका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

शनिबार प्रमुख दलका नेताहरूले आआफ्नो तरिकाले आन्दोलनरत पक्षसँग वार्ता र सम्वाद गरेका थिए । उनीहरूले अनौपचारिक वार्ताका क्रममा आएका विषय र मागलाई शीर्ष बैठकमा छलफल गरी अगाडि बढ्ने तयारी गरेको बुझिएको छ ।

सिमाङ्कनको सिमानलाई लिएर आन्दोलनरत थारु र मधेसीहरूसँग वार्ता गर्न तीन दलको निर्णयअनुसार सरकारले पहल पनि गरेको छ ।

तर थारु र मधेसी समुदायको पूर्वशर्तका कारण वार्ताले ठोस आकार पाउन सकेको छैन ।

उता, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वार्ताका लागि राखेका पूर्वशर्त पूरा भएपछि मात्रै वार्तामा बस्ने अडानमा छ ।

थारु आन्दोलनकारीले भने वार्ताका लागि दवाव दिन तीन सदस्यीय कार्यदल गठन गरेका छन् ।

थारुहरूको कार्यदलमा थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरी, एकीकृत माओवादीका सभासद अमनलाल मोदी र थारुहट पार्टीका नेता मीनराज चौधरीको सहभागिता रहेको छ ।