३० आश्विन २०८३, शुक्रबार

नेप्सेमा सुधार, दुई अङ्कले बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

stock-marketकाठमाडौँ, २६ भदौ । केही सातादेखि ओरालो लागेको नेप्से परिसूचकमा सुधार आएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३०.७५ अङ्कले घटेको नेप्सेमा यो साता २.०२ अङ्कको सुधार आएको हो ।

यो साताको अन्तिम दिन नेप्सेपरिसूचक ११६८.७१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस साता स्टक एक्सचेन्जमा एक सय ६२ कम्पनीको १० हजार नौ सय ३३ कारोबारबाट रु दुई अर्ब १७ करोड २१ लाख ७७ हजार बराबरका ५४ लाख ६२ हजार आठ सय ४० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १३.८५ प्रतिशत कम हो । गत साता १६१ कम्पनीको १० हजार ९२९ कारोबारबाट रु दुई अर्ब ५३ करोड ९३ लाख ६८ हजार बराबरका ४० लाख ५२ हजार पाँच सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता वाणिज्य बैंक समूहको परिसूचकमा १३.४४, विकास बैंक समूहको परिसूचकमा ७.५६, वित्त कम्पनीको परिसूचकमा ५.२७, उत्पादनमूलक समूहको परिसूचकमा २६.९८ अङ्कले सुधार आएको छ भने होटल समूहको परिसूचकमा ४५.३५, जलविद्युत् समूहको परिसूचकमा २६.८५ र बिमा समुहको परिसूचकमा १२२.०७ अङ्कले ओरालो लागेको छ । व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन नभएको स्टक एक्सचेन्जले जनाएको छ ।

त्यसैगरी ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.२४ अङ्कले बढेर २५२.२५ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नबिल बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँचौँ दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

त्यसैगरी यो साता नेसनल लाइफ इन्सुरेन्सको २३ लाख ५१ हजार आठ २९, टुरिजम डेभलपमेन्ट बैंक तीन लाख ८४ हजार, सहयोगी विकास बैंकको तीन लाख ७१ हजार चार सय ९८, एनएमबी बैंकको ४० लाख, जेबिल्स फाइनान्सको दुई लाख, साल्ट ट्रेडिङ कर्पोरेसन ६५ हजार चार, एसियन लाइफ इन्सुरेन्स कम्पनीको १४ लाख ८५ हजार ६ सय ९६ बोनस सेयर र एसियन लाइफ इन्सुरेन्स कम्पनीको १४ हजार ६ सय १२ हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । रासस