काठमाडौँ, २६ भदौ । शुक्रबारको घटना विवरण निकै भयग्रस्त रह्यो । आन्दोलनको आक्रमण घाइते भएका सशस्त्र प्रहरीका एक जना असईलाई आन्दोलनकारीले एम्बुलेन्सबाटै थुतेर हत्या गरेका छन् ।
सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई उपचारका लागि लैजाँदै गर्दा प्रदर्शनकारीले धानखेतमा लगेर भाँटाले हानेर हत्या गरेका छन् । शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणमा परी गम्भीर घाइते भएका असई विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा महोत्तरीकै सोनुखडामा आन्दोलनकारीले एम्बुलेन्सबाट लखेटी लखेटी खेतमा लगेर खुकुरी र भाला रोपेर हत्या गरेका हुन् । हेर्नुस यो क्रुर घटनाका बारेमा न्यूज २४ टेलिभिजनले तयार पारेको यो रिपोर्टः
https://www.youtube.com/watch?v=pGLsVZAQu6Y












प्रतिक्रिया