२१ कार्तिक २०८३, शनिबार

जलेश्वरमा मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्रका हवल्दारलाई मरणासन्न कुटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

APF Police Nepalकाठमाडौं, २५ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका हवल्दारलाई मरणासन्न कुटपिट गरेका छन् ।

प्रहरीको गोली लागि मारिएका आफ्ना सहकर्मी साथीको ज्यानको बदला लिन मोर्चाका कार्यकर्ताले सशस्त्रका हवल्दार थमनबहादुर विकलाई शुक्रबार विहान जलेश्वर नगरपालिका शंकर चोकमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

अफिसको काममा सादा पोशाकमा नगर क्षेत्रमा प्रवेश गरेका उनलाई पचासौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताले समातेर बीच सडकमै कुटपिट गरेको महोत्तरीका प्रहरी प्रमुख एसपी धीरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

मोर्चाका कार्यकर्ताको मरणासन्त कुटाईबाट उनको टाउको र शरीरका अन्य भागमा पनि चोट लागेको छ । कुटपिट पछि घटनास्थल पुगेको प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पतालमा लगेको छ । बुधबार प्रहरीको गोली लागि महोत्तरीमा चार जनाको मृत्यु भएको थियो ।