काठमाडौं, २५ भदौ । संविधानको विधेयकमाथिको संशोधनप्रस्तावमाथिको छलफल सक्किएपछि आजदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।
संविधानसभाको आजको बैठकमा दफावार छलफल सक्किएपछि संविधानको धाराहरूलाई निर्णयार्थ पेश गर्ने तयारी गरिएको बुझिएको छ ।
संविधानसभाको बैठकमा बोल्न बाँकी आधा दर्जन सभासदहरूले बोल्ने क्रम सक्किएपछि संविधानको विधेयकका धारणहरू पारित गर्न बैठकमा पेश गरिनेछ ।
धाराहरू पारित गरिँदा ध्वनीमतको प्रक्रियाबाट अगाडि बढाइनेछ । कांग्रेस, एमाले र एकीकृत माओवादीले संयुक्त रुपमा राखेका संशोधन प्रस्ताव मात्रै पारित हुने देखिएको छ ।
अन्य सभासद र दलहरूले राखेका संशोधन प्रस्ताव विफल हुने पक्का छ । संविधानसभा बैठक स्थगित नभए वा कुनै बाधाव्यवधा नआए संविधानका धाराहरू दुई दिनमा पारित हुनेछन् ।












प्रतिक्रिया