जनकपुर, २४ भदौ । जनकपुरमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सशस्त्र प्रहरी बलका एसपीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन् ।
जनकपुरको भानुचोकमा सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुर चढेको गाडीलाई लक्षित गरेर आन्दोलनकारीले पेट्रोल बम हानेका हुन् । तर, गाडीमा नलागेका कारण कुनै क्षति नभएको प्रहरीले जनाएको छ।
यसैबीच, स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्न खोजेपछि भानुचोकमै बिहीबार बिहान प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रण्मा लिन लाठीचार्ज गरेको थियो । प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।













प्रतिक्रिया