२१ कार्तिक २०८३, शनिबार

बन्दुक र सेनाको अडानमा बन्ने संविधानले गृहयुद्ध हुन्छ : डा.कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koirala

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बन्दुकको नाल र सेनाको आडमा जारी गरिने संविधानले मुलुकलाई ग्रृहयुद्धमा धकेल्ने चेतावनी दिनुभएको छ ।

वीपी कोइरालाको १०१औँ जन्मजयन्तीका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा आयोजना गरेको ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’ विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस नेता डा.कोइरालाले बन्दक र सेनाको भरमा संविधान जारी गर्न नहुने बताउनुभयो ।

मधेसी, मुस्लिम, थारू, जनजातीलगायतको मागमा बेवस्ता गरेकै कारण देश संकटमा फसेको उहाँले बताउनुभयो । नेता डा.कोइरालाले संविधान निर्माण प्रक्रियालाई रोकेर असन्तुष्ट पक्षहरूसँग वार्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका शीर्ष नेताहरूले अहिले सिद्धान्तविनाको राजनीति गर्न थालेकाले वीपीको मूल्य, मान्यता, सिद्धान्त र आदर्शको खिल्ली उडेको उहाँले बताउँनुभयो ।

‘वीपी कोइरालाले बहुलवादका निम्ति जीवनभर लड्नु भयो तर अहिले कांग्रेसका शीर्ष नेताहरू त्यही बहुलवादलाई बन्धकी राखेर साम्यवादी संविधान बनाएर कम्युनिष्टहरूलाई खुसी पार्दै हुनुहुन्छ’, डा. कोइरालाले भन्नुभयो ।
congrsssssssss
congressss