३० आश्विन २०८३, शुक्रबार

नेप्से ३१ अङ्कले घट्यो, कारोबारमा अत्याधिक गिरावट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Stock-Marketकाठमाडौँ, १९ भदौ । केही साताअघि उच्च बिन्दुमा पुगेको नेप्से निरन्तर ओरालो लाग्न थालेको छ । गत साता ०.९१ अङ्कले घटेको नेप्से यो साता पहिलो दिनको तुलनामा ३०.७५ अङ्कले घटेको हो ।

गत साताको अन्तिम दिन ११८३.७६ बिन्दुमा पुगेको परिसूचक यो साताको अन्तिम दिन ११६९.४० बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको १० हजार ९२९ कारोबारबाट रु दुई अर्ब ५३ करोड ९३ लाख ६८ हजार बराबरका ४० लाख ५२ हजार पाँच सय ७० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा १.६९ प्रतिशत बढी हो ।

गत साता १६९ कम्पनीको १६ हजार १३४ कारोबारबाट रु दुई अर्ब ५० करोड छ लाख ९१ हजार बराबरका ६४ लाख २२ हजार पाँच सय ९० कित्ता सेयर खरिद बिक्री भएका थिए ।

यो साता वाणिज्य बैंक समूहको परिसूचकमा ३८.८३, विकास बैंक समूहको परिसूचकमा ६.६४, वित्त समूहको परिसूचकमा १.८४, होटल समूहको परिसूचकमा २७.९५, जलविद्युत् समूहको परिसूचकमा ३८.३८ र बिमा समूहको परिसूचकमा सबैभन्दा बढी ३७८.५७ अङ्कले ओरालो लागेको छ ।

त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचकमा ९५.८५ अङ्कले, व्यापार समूहको परिसूचकमा ०.४८ अङ्कले र अन्य समूहको परिसूचकमा ३५.२४ अङ्कले सुधार आएको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५.९० अङ्कले घटेर २५१.६८ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १ अग्रस्थानमा छ ।

त्यसैगरी, कारोबार सङ्ख्याको आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । रासस