२१ कार्तिक २०८३, शनिबार

विहे गरौँभन्दा प्रेमिकालाई रुमालको पासो बनाइ हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hatyaकाठमाडौं, ११ भदौ । विहे गर्न कर गरेपछि एक युवकले प्रेमिकाको हत्या गरेका छन् । गौशालास्थित होटेलमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङले बिहीबार बिहान १८ वर्षीया प्रेमिका सोनिका श्रेष्ठको हत्या गरेका हुन् ।

घाँटीमा रूमालले बाँधेर हत्या गरेपछि थिङ होटलबाट फरार भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । तर घटनाको दुई घन्टापछि नै प्रहरीले थिङलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख डिएसपी सुरेन्द्र मैनालीका अनुसार युवतीले विहे गरौ भनेपछि दुई जनाबीच झगडा भएको थियो। त्यही क्रममा युवकले युवतीको हत्या गरेका हन् ।