९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा गाईलाई बलात्कार गर्ने अभियुक्त पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cowमहेन्द्रनगर, ४ भदौं । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा गाई करणीको आरोपमा एक युवा पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो तीनबजेतिर महेन्द्रनगरको सिटी हल क्षेत्रमा लुकेर गाईकरणी गरिरहेको अवस्थामा प्रहरीेले बेल्डाँडीका कमलसिंह ठगुन्नालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी किशोर कुमार दाहालले पक्राउ परेका ठगुन्नाको मेडिकल भईरहेको बताए ।

सिटीहल क्षेत्रमा बजारका छाडा गाईलाई रक्सी खाएको अवस्थामा ठगुन्नाले करणी गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उता हिन्दुवादीहरुले भने, यस्तो काम हिन्दूमाथि प्रहार भएको भन्दै दोषीलाई कडा कार्बाही गर्न माग गरेका छन् ।

संयुक्त हिन्दु धर्म संरक्षण संघर्ष समितिका प्रवक्ता कृष्णानन्द भट्टले हिन्दुवादीहरुको आन्दोलन जिस्क्याउनका लागि कसैले यस्तो षडयन्त्र गरेको बताउनुभयो । हिन्दुवादीले यस्ता पापिहरुलाई कार्बाही नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।