९ कार्तिक २०८३, सोमबार

घरको ढोका फोडी मध्यराति दिदीबहिनीलाई वेहोस बनाएर लुटेरा के-के लुटे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabal-parasiनवलपरासी, ४ भदौ । नवलपरासीमा लुटेराको आक्रमणमा परी दुईजना युवती गम्भीर घाइते भएका छन् ।

तनहुँको गजरकोट–७ घर भई नवलपरासीको कावासोती–३ डम्बरबहादुर चोकस्थित पदमबहादुर दाहालको घरमा डेरा गरी बस्ने दुई दिदीबहिनीलाई लुटेराले अचेत हुने गरी कुटपिट गरी सुनको गहना लुटेर लगेको प्रहरीले जनाएको छ ।

लुटेराले गएराति घरको मूलगेटको ताला फोडी २० वर्षकी रेश्मा कार्की ९सिग्देल० र उनकी बहिनी वर्ष १६ की रुपा कार्की बस्ने कोठाको ढोका खोलेर दिदीबहिनीलाई हातपात गरी दिदीले लगाएको सिक्री लुटेर लुटेरा भागेको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिनुभयो ।

लुटेराले सुनको सिक्री, बाला, झुम्का, नगद, लगाएका गहना लगेको आफन्त इन्द्र सिग्देलले जानकारी दिनुभयो । गम्भीर घाइते भएका दिदीबहिनीको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको अवस्थाबारे प्रहरी नायब उपरीक्षक परशुराम तिवारीले जानकारी लिनुभएको छ । वर्षायाम र चाडबाड सुरु हुँदैगर्दा यस्ता चोरीका घटना बढ्ने भएकाले प्रहरीले व्यापक खोजतलास र निगरानी बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो । रासस