काठमाडौं, ३ भदौं । नेपालमा बुधबार दिउँसो गएको भूकम्पबाट नुवाकोटमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार बिहीबार दिउँसो गएको भूकम्पले नुवाकोटको काहुले गाविसमा ८३ वर्षीय कुशव तामाङको मृत्यु भएको छ ।
भूकम्पसँगै खसेको पहिरोले पुर्दा सदरमुकाम विदुरदेखि २६ किलोमिटर पश्चिममा रहेको काहुले गाविसमा तामाङको मृत्यु भएको हो ।भूकम्पको धक्का आउने वित्तिकै काहुले गाविस-२ खुर्लुखोला नजिकै झरेको पहिरोले किचेर उनको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख डीएसपी अरुण पौडेलले जानकारी दिए ।
उनका अनुसार तामाङको मृत्युसँगै नुवाकोटमा भूकम्पबाट मृत्यु हुनेको संख्या एक हजार एकसय चार पुगेको छ । आज दिउँसो १२ बजेतिर रसुवालाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको थियो ।















प्रतिक्रिया