९ कार्तिक २०८३, सोमबार

चरेस र गाँजा किन्दा किन्दै पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charesसुरुङ्गा (झापा), १ भदौ । दक्षिणी झापाको राजगढबाट प्रहरीले आज बिहान नेपालमा प्रतिबन्धित लागुऔषध चरेस र गाँजा किन्दा किन्दै आठ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई राजगढ–८ निवासी कुमारसिंह राजवंशीका घरमा चरेस र गाँजा किन्दै गर्दा प्रहरीको टोलीले पक्राउ गरेको हो । राजगढ र चकचकीमा लामो समयदेखि लागुऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

चौवन्न वर्षीय राजवंशी, सोही ठाउँ निवासी खेलवती राजवंशीसहित आठ जनालाई डेढ किलो चरेस र १५ किलो गाँजासहित पक्राउ गरे पनि अरूको नाम भने सार्वजनिक गरिएको छैन ।

लागुऔषध ओसारपसारमा संलग्न राजवंशीसहित अन्य केही व्यक्ति फरार रहेकाले उनीहरुको खोजी भइरहेको छ । अभियुक्त सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको छ । रासस