९ कार्तिक २०८३, सोमबार

चितवनमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर (चितवन), १ भदौ । चितवनमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एकजनाको भिरबाट लडेर मृत्युभएको छ भने एकजनाको पानीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्लाको विकट सिद्धी गाविस–९ का ४५ वर्षीय चन्द्रबहादुर चेपाङको सिद्धीको दोगरा गाउँबाट आफ्नो घर छेरवाङ जानेक्रममा सोमबार भिरबाट लडेर मृत्युभएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिनुभयो ।

यता चितवनको नारायणी किनारमा एक बालकको शव फेला परेको छ । अन्दाजी १०÷१२ वर्षका देखिने बालकको शव नारायणी पुल नजिकै नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको पहिचान खुलेको छैन । ती दुबैको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस