९ कार्तिक २०८३, सोमबार

स्कुलका ‘हेड सर’ले यौनागंमा छोएर कपडा खोल्न लगाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-studentस्याङजा, ३२ साउन । आफ्नै विद्यालयका छात्रामाथि यौन दुव्र्यवहार गर्ने एक प्रधानाध्यापक प्रहरी फन्दामा परेका छन् ।

स्याङजाको कुवाकोट गाविस स्थित जाल्पा प्राथमिक बिद्यालयका प्रधानाध्यापक चण्डेश्वर गैह्रेलाई आफ्नै विद्यालयका ५ छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

बिद्यालयमा अध्ययरत ५ छात्राले यौन दुव्र्यवहारको आरोप लगाउदै सोमबार मुद्दा दर्ता गराएपछि गैह्रेलाई पक्राउ गरिएको स्याङजाका प्रहरी निरीक्षक ईन्द्रप्रसाद सुवेदीले बताए ।

उनका अनुसार प्रधानाध्यापक गैह्रेले उनीहरुको यौनागंमा छुने र छुन लगाउन, अंग देखाउने र कपडा खोल्न लगाएर जबरजस्ती शारीरिक सम्पर्क समेत राख्न दवाव दिने गरेका थिए ।

बिद्यालयको ४ कक्षामा अध्ययरत ८ देखि ११ बर्ष उमेरका ५ जना ती बालिकासँग उनले यस्तो कुकर्म गरेका थिए । चापाकोट नगरपालिका १३ घर भई बिगत २२ बर्षदेखि सोही बिद्यालयका प्रधानाध्यापकका रुपमा कार्यरत ४५ बर्षिय गैह्रेबिरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इन्सपेक्टर सुवेदीले बताए ।