९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा हेल्प नेपालको ‘धूम्रपान छोडौं’ अभियान (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madan-chand-3महेन्द्रनगर, ३२ साउन । कञ्चनपुरमा धुम्रपान निषेध अभियान चलाइरहेका समाजसेवी मदन चन्दले ‘धूम्रपान छोडौं’ अभियानलाई तिव्र बनाएका छन् ।

स्वस्थ शिक्षित प्यारो शान्त नेपाल (हेल्प नेपाल)का अध्यक्ष समेत रहेका मदन चन्द नेतृत्वको टिमले अभियान अन्तर्गत कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरका २५ बटा सार्बजनिक स्थानमा ‘धूम्रपान छोडौ, निरोगी रहौ’ भन्ने सन्देश मुलक साना–साना होर्डिङ बोर्ड लगाएको छ ।

हेल्प नेपालका प्रकाश चन्द, भरत बोहरा, रमेश पन्त (मीतबन्धु) र मदन चन्दको टोलीले महेन्द्रनगर बजार, कार्यालय र सार्बजनिक स्थलमा गएर होर्डिङ बोर्ड लगाएका हुन ।

madan-chand-4

महेन्द्रनगर बजार वरिपरिका सार्बजनिक स्थल, मेडिकल, अञ्चल अस्पताल, शिव मन्दिर, शिक्षा कार्यालयका भित्ताहरुमा, भिमदत्त नगरपालिकाको भित्ताका साथ साथै बजारका गल्लीहरुमा र फोहर मैला संकलन गर्ने भाडाहरुमा सन्देश मुलुक होर्डिङ बोर्ड लगाएको हेल्प नेपाल अध्यक्ष मदन चन्दले बताए ।

हेल्प नेपालले स्थापना कालदेखि नै समाजमा सेवामूलक कार्य गर्दै आईरहेको हेल्प नेपालका सह–सचिव प्रकाश चन्दले बताए । संस्थाले प्रत्येक शनिबार सामाज सुधारको नमुना कार्य समेत गर्दै आईरहेको छ ।

madan-chand madan-chand-1 madan-chand-2

तस्वीर : हरिश नगाल