
काठमाडौं, ३२ साउन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी खुल्ने वित्तिकै राजधानीमा दुई वटा गाडिमा आगजनी भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार बाग्लुङ्ग घर भई हाल ललितपुर बागडोल–४ बस्ने ४५ बर्षीय गोपाल राज शेरचनको पार्किङ गरी राखिएको कारमा आगजनी भएको हो । उनले २ बजे कारलाई सडक ल्याएर राखेका थिए । जबकी बन्द एक बजे देखि नै खुलिसकेको थियो ।
काठमाडौं महानगरपालिका३३ रातो पुल र सेतो पुलकोबीच कच्ची बाटोमा शेचरनको पार्किङ्ग गरी राखेको बा ११ च ४६५७ नंबरको कारमा अपरिचित व्यक्तिहरुले आइतबार आगजनी गरी फरार भएका हुन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१० थापागाउँ स्थित सडक किनारमा पार्किङ्ग गरी राखेको बा २ च ७०७२ नंबरको कारमा अपरिचित व्यक्तिहरुले आइतबार पेट्रोल छर्की आगो लगाई फरार भएका छन् ।
फरार अभियुक्तहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया