दोलखा, ३२ साउन । दोलखामा एक युवती छिमेकीबाट बलात्कृत भएकी छिन् ।
बाबुका साथी छिमेकी ५२ बर्षीय दिप्पल खड्काले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको अभियोगमा मेलुङ्ग–५ बस्ने खड्कालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
उनले सोही स्थान बस्ने १९ बर्षीया महिलालाई जबरजस्ती करणी गरेकोमा प्रहरी चौकी किर्नेटारबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया