९ कार्तिक २०८३, सोमबार

त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षाफल प्रकाशित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौं, २७ साउन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन संकायतर्फ बिएएलएलबी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।

यसैगरी २०७१ साल मङ्सिर/पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को पुस्तकालय तथा सुृचना विज्ञान, गृह विज्ञान र जेन्डर स्टडिज विषयका परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस