– सुशिल नेपाल
पाल्पा, २७ साउन । नेपालमा परम्परागत रुपमा मनाइने विभिन्न चाडपर्वहरु मध्येको एक नेवारी पर्व घण्टाकर्ण अर्थात गथा मुग आज मनाईएको छ ।
वर्षको पहिलो पर्वको रुपमा मनाईने घण्टाकर्ण अर्थात गठामुगको अवसरमा तानसेनका विभिन्न चोकमा घण्टाकर्ण अर्थात गथामुग बनाईएको थियो ।
पौराणिक कथा अनुसार गठा मुग भन्ने राक्षसले आसपासका गाउँलेलाई दुुःख दिन्थ्यो, यसरि दुःख दिन थालेपछि भ्यागुताको रुप लिएर उक्त राक्षसलाई हिलो भएको ठाउँमा लिएर गई त्यसलाई गाउँलेले ढुंगाले हानेर मारेको सन्दर्भमा यो पर्व मनाउँदै आइएको हो ।
तानसेनको सित्तलपाटीमा देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले घण्टाकर्ण निर्माण गरेको छ । त्यस्तै बसपार्कमा पनि घण्टाकर्ण निर्माण गरिएको छ । पहिलापहिला चोकचोकमा घण्टाकर्ण बनाईएपनि पछि विस्तारै विस्तारै लोप हुँदै गएको अवस्थामा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विगत ३ बर्ष अघिदेखि सित्तलपाटीमा घण्टाकर्ण बनाउँदै आएको प्रतिष्ठानका अध्यक्ष मदन देउरालीले बताए ।
यो पर्वको दिन बाँस तथा पातिबाट राक्षसको पुत्ला बनाएर टाउकोमा डरलाग्दो राक्षसको संकेत गर्ने चित्र राखी दुवै कानमा घण्ट झुण्ड्याएर दोबाटोमा उभ्याइन्छ । घण्टाकर्ण उभ्याएपछि दिनभर मानिसहरु ग्रहदशा कटाउन भनी स्वेच्छाले त्यहाँ भेटी चढाँउछन ।
पौराणिक कथा अनुसार गठा मुग भन्ने राक्षसले आसपासका गाउँलेलाई दुुःख दिन्थ्यो, यसरि दुःख दिन थालेपछि भ्यागुताको रुप लिएर उक्त राक्षसलाई हिलो भएको ठाउँमा लिएर गई त्यसलाई गाउँलेले ढुंगाले हानेर मारेको सन्दर्भमा यो पर्व मनाउँदै आइएको हो । काठमाडौंपछि धेरै चाडपर्व मनाइने सहरका रुपमा तानसेनलाई लिइन्छ ।
यो पर्वसंगै तानसेनमा जात्राको मौसम सुरु भएको छ । तानसेनमा मनाइने जात्राहरुमा रोपाईजात्रा, गाईजात्रा, गणेशजात्रा, भगवतीजात्रा लगायतका जात्राहरु पर्छन । यहाँ हुने जात्राहरुमा जिल्लाबाट मात्र नभई गुल्मी, अर्घाखाँची, स्याङजा लगायतका ग्रामिण क्षेत्रबाट समेत जात्रा हेर्न मानिसहरुको बाक्लो भीड लाग्ने गर्दछ ।















प्रतिक्रिया