९ कार्तिक २०८३, सोमबार

राति-राति देखिन्छ यी धर्म गुरुको असली कर्तुत (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baba

काठमाडौं, २७ साउन । धर्मका नाममा धर्मगुरुले महिला भक्तजनहरुको यौन शोषण गरिरहेको खुलासा भएको छ ।

दिल्लीका एक बाबा जो आफूलाई इच्छाधारी सन्त भनेर चिनाउछन् उनलाई देशव्यापारमा गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । इच्छाधारी सन्तका नामले चिनिने मशहूर स्वामी भीमानन्द युवतीसँग घुम्ने र विकिनी डान्स गरेर सधै चर्चामा आउथे ।

भीमानन्दको असली कर्तुत तब बाहिर देखियो जब देहव्यपारमा संलग्न भएको आरोपमा पुलिसले उनलाई गिरफ्तार गर्यो । बाबाको असली चेहरा रातमा तब देखिन्थ्यो, जब उनी गेरुआ(साधु)को वस्त्र उतारेर टाइट जीन्स, नयाँ फैशनको टीसर्ट लगाएर, हातमा मोबाइल र महंगो कारमा मध्यरातिको अध्यारोमा वेश्यावृतिको धन्दा चलाउथे ।

baba-2उक्त धन्दामा उनी पाँच युवतीलाई आफ्नो काखमा खेलाउथे । दिल्ली पुलिसको एक टीमले हाईप्रोफाइल रैकेटको भण्डाफोड गरेको हो । यसमा अन्य ६ युवतीसहित ८ जना रंगेहात समातिएका छन् । पुलिसले राखेको दलालको लिष्टमा अरु कोही नभएरै साधूको आडमा देशव्यापार गर्ने इच्छाधारी सन्त स्वामी भीमानन्द थिए ।

उनी आफ्नो आश्रमको आडमा यौनधन्दा चलाउथे । उनको सञ्जालमा करिब ६ सय उच्च पदस्थ युवती पनि थिए, जसमा कलेज गर्ल, मोडल, एयरहोस्टेस लगायत हरेक पेसामा उच्च पदमा जोडिएका महिलाहरु थिए ।baba-3

यो सबै घटना कथित स्वामी भीमानन्दले दिल्ली प्रहरीलाई दिएको वयानमा आधारित छ । नेपालमा पनि बेला बेला धर्मगुरुले यौनधन्दा चलाएको बालिकाको यौन शोषण गरेको खबर सार्वजनिक हुने गर्दछ ।

baba-1