काठमाडौं, २७ साउन । प्रधानमन्त्री सुशील कोइरालाको आज जन्मदिन परेको छ ।
जन्मदिनको अवसर पारेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कोइरालालाई शुभकामना दिएका छन् । मोदीले बुधबार प्रधानमन्त्री कोइरालालाई ट्वीटरमार्फत् जन्मदिनको शुभकामना दिएका हुन् ।
‘नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई जन्मदिनको शुभकामना । उनी राजनीतिमा अनुभवी र दिग्गज नेता हुन् । म उनको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दछु ।’ मोदीले ट्वीटमा लेखेका छन् ।

















प्रतिक्रिया