९ कार्तिक २०८३, सोमबार

मिसनमा खटिएका नेपाली पाइलटको होटलमा हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalipilot-1काठमाडौं, २६ साउन । हतियाधारी समुहको आक्रमणमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली पाइलट राजु भण्डारीको मृत्यु भएको छ ।

शुक्रबार अफ्रिकी मुलुक मालीमा भएको आक्रमणमा अन्य दुईजना युक्रेनियन, एकजना दक्षिण अफ्रिकी र एक मालियन पाइलटको पनि निधन भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएका छन् ।

ललितपुर जाउलाखेलका घर भएका पाइलट भण्डारीसहितको टोली राजधानी बामाको नजिकैको सेभारे सहरको बाइब्लोज होटलमा बसेका बेला बन्दुकधारीले आक्रमण गरेका थिए ।

इस्लामिक लडाकुहरुको आक्रमणमा परी भण्डारीसहित संयुक्त राष्ट्रसंघका १२ कर्मचारीको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।