९ कार्तिक २०८३, सोमबार

कोहलपुरमा डाक्टरले सुताएर यसरी गरे १२ वर्षीय बालिकाको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapकोहलपुर, २६ साउन । कोहलपुरमा एक डाक्टरले १२ वर्षीय बालिकालाई सुताएर बलात्कार गरेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयअन्तर्गत स्वास्थ्य चौकी नौवस्तामा कार्यरत ४५ वर्षीय रामबहादुर शाहीले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

घरमा कोही नभएको मौका छोप्दै नौवस्ता स्वास्थ्य चौकीमा ग्रामीण स्वास्थ्य कार्यकर्ता पदमा काम गर्दै आएका शाहीले राति ११ बजे ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी टिकाबहादुर केसीले बालिकाका बुबाआमा भारतमा गएको मौका छोपी शाहीले राति ११ बजे घरमा घुसेर बलात्कार गरेको बताए ।

शाहीले राति घरमा भाइबहिनीसँग सुतेको अवस्थामा ती बालिकालाई खोसेर अर्काे कोठामा लगी बलात्कार गरेका थिए । डिएसपी केसीका अनुसार बर्दिया जमुनी घर भइ एक दशकदेखि स्वास्थ्य चौकीमा कार्यरत शाही बलात्कारपछि फरार भएका छन् ।

प्रहरी अनुसन्धानमा बुबाआमासँग चिनजानको आधारमा बेलाबेला बालिकाको घरमा आवतजावत गर्ने शाहीले घरमा अविभावक नभएको मौकामा ती बालिकालाई बलात्कार गरेको खुलेको छ ।

प्रहरीले आरोपी शाहीको खोजी गरिरहेको छ ।