२१ कार्तिक २०८३, शनिबार

सीमाङ्कन र नामाङ्कनमा अझै जुटेन् सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPDCC Meetingकाठमाडौँ, १९ साउन । संविधानमा सङ्घीयताको सीमाङ्कनको विषय टुङ्ग्याउने विषयमा दलहरुले छलफल जारी राखेका छन् ।

संविधानसभाको ‘संवैधानिक-राजनीतिक संवाद तथा सहमति समिति’ले गठन गरेको चार दलका शीर्षनेता सम्मिलित ‘विशेष समिति’ को बैठक औपचारिक र अनौपचारिक रुपमा छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भएको छैन् ।

अहिले सिंहदरबारमा विशेष समितिको बैठक चलिरहेको छ । उल्लिखित विषयमा दलहरुले गहनतापूर्वक छलफल गरे पनि कुनै निर्णय नभएकाले अहिले बैठक बसिरहेको हो । समिति गठन भएको तीन वितिसक्दा पनि कुनै सहमति नगरेकाले साउनभित्र संविधान नबन्ने शंका बढ्न थालेको छ ।