काठमाडौँ, १९ साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले धार्मिक स्वतन्त्रतासहितको संविधान आउने बताउनुभएको छ ।
आरती सेवा समाजको नवौँ वार्षिकोत्सवका अवसरमा आज साँझ पशुपतिनाथ परिसरमा आयोजित कार्यक्रममा उहाँले धर्मका बारेमा जनताको धेरै सुझाव आएकाले यसलाई अध्ययन गरेर टुङ्गोमा पुगिने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्य शोभा पन्तले सदियौँदेखि चलिआएको धर्मको स्थितिलाई परिवर्तन गर्न नहुने बताउनुभयो । आरती सेवा समितिका सल्लाहकार टीकाराम अर्यालले पैसाको लोभमा धर्म परिवर्तन गर्नुहुँदैन भन्नुभयो ।
कार्यक्रममा सेवा समितिलाई सहयोग पुर्याउने बाह्रभन्दा बढी सहयोगीलाई सम्मान गरिएको थियो ।












प्रतिक्रिया