काठमाडौं, १८ साउन । उद्योग मन्त्री महेश बस्नेतले आगामी दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताउनुभएको छ ।
शिक्षा मन्त्रालयअन्तर्गतका नेपाल निजामती कर्मचारी सङ्गठन, विभागीय कार्य समितिले आज शैक्षिक जनशक्ति विकास केन्द्रमा आयोजित कार्यक्रममा दुई साताभित्र सबैको मन जित्ने संविधान जारी हुने बताउनुभएको हो ।
संविधान निर्माण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सहमतिमै सीमाङ्कनलाई समेत टुङ्गोमा पुर्याएर जनताको सुझावसहित जारी हुने संविधानले सबैले जित्नेछ भन्नुभयो ।
तराईको विषयलाई लिएर केही मधेसवादी नेता अराजक र उदण्ड रुपमा प्रस्तुत हुँदै आएको चर्चा गर्दै उहाँले तराई, पहाड र हिमाललाई एक बनाउने गरी सीमाङ्कन हुनुपर्ने बताउनुभयो ।












प्रतिक्रिया