काठमाडौं, १८ साउन । हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाका पक्षमा आन्दोलन गर्दै आएको राट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
काठमाडौंमा आज बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र हिन्दूराष्ट्रकापक्षमा गरिने भनिएको आन्दोलनलगायतका विषयमा छलफल हुने राप्रपा नेपालका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
‘यहि महिनाको अन्त्यदेखि हिन्दूराष्ट्रका पक्षमा सुरु हुन थालेको निर्णायक आन्दोलनका विषयमा छलफल हुनेछ’, श्रेष्ठले भने ।
यही महिनाको अन्तिम साताबाट हिन्दूराष्ट्रका पक्षमा राप्रपा नेपालले राजधानी केन्द्रित निर्णायक आन्दोलन गर्ने जनाएको छ ।
त्यसकै विस्तृत खाका एवं रणनीति तय गर्न राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।












प्रतिक्रिया