– सन्तोष काफ्ले
धरान, १७ साउन । बोलबम तीर्थयात्री बोकेर सुनसरीको बराहक्षेत्र मन्दिरको दर्शनको लागि गएको पिकभेन बराहक्षेत्र १ स्थित १७ नम्बर भीरमा पल्टिदा १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ना १ ज १३९ नम्बरको पिकअप भेन १७ नं. भीरमा पल्टदा बोलबमका लागि गएका १८ जना तीर्थयात्री घाइते भएका हुन् । घाइतेमध्ये दुई बालिका सहित चारजनाको अवस्था भने गम्भीर छ । गम्भीर अवस्थामा रहेकाहरुमा इटहरीकी ८ बर्षिया, सृष्टी चौधरी रहेकी छन् भने अन्यको पहिचान खुल्न सकेको छैन् । घाइतेहरुको धरानस्थितवीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
घाइते हुनेहरुमा बराह क्षेत्र ३ का राजकुमार महतो, इटहरी ५का कुश्मी राजवंशी, सृष्टी चौधरी, इनरुवा ५ कामहत परियार, इनरुवा ५ काविकी परिषर, सरस्वती सरदार, देवानगञ्ज ८ काधनबहादुर राई, इनरुवा बवियाका विन्देश्वर शर्मा, सप्तरीका श्याम औतार ठाकुर, इटहरी ५ का सन्दिप विक लगायतका रहेका छन् ।

पिकमा २५ जानभन्दा बढी यात्रु त्यसमा पनि छतमा समेत रहेको र जोखिमपूर्ण सडकको कारण दुर्घटना भएको स्थानीयले बताएका छन् । कोशीमा नवनिर्मित पुलभन्दा केहीमाथि झोलेङ्गे पुल नजिकैको उकालोको ओभर लोडका कारण गाडी पछाडी सरेर भिरबाट खसेको दुर्घटनामा परि घाइते भएका प्रकाश परियारले जानकारी दिए ।
चतरा बराहक्षेत्र सडक बर्षाै पुरानो भएपनि मर्मत नगरिदा वर्षायाममा सधै दुर्घटनाको जोखिम रहने गरेको छ । त्यसमा पनि सो क्षेत्रमा पिक अफ भ्यानहरुको सिण्डेकेट कारण अन्य सवारी जान पाउँदैनन। सो क्षेत्रमा चल्ने अधिकांश पिकअप भ्यानहरु पुराना तथा क्षमता भन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका छन् । चतरामा नेपाल प्रहरीको चौकी रहे पनि ट्राफिक प्रहरीको भने उपस्थिती नै छैन् । जसको कारण पिकभ्यानहरु पुराना तथा कागजपत्र समेत नभएका खुलेआम सञ्चालनमा आइरहेका छन् ।













प्रतिक्रिया