२१ कार्तिक २०८३, शनिबार

दलहरूबीच मिल्ला त कुरो आज मध्यरातसम्म ? छलफल यथावत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam Baithakकाठमाडौं, १७ साउन । संविधानको प्रारम्भीक मस्यौदामा जनताका सुझाव ह्वारह्वारती आएपछि पुनः एकीकृत मस्यौदा बनाउन जुटेका प्रमुख दलहरूले आज पनि छलफल गर्दैछन् ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप, धर्मनिरपेक्षता, न्यायपालिकालगायतका विषयमा दलहरूबीच मतविभाजन छ । उनीहरूले जनताबाट आएका सुझावहरूलाई पनि समेटेर संविधानको नयाँ मस्यौदा बनाउने जनाएका छन् ।

तर उनीहरू ठोस निर्णयमा पुग्न सकेका छैनन् । सहमति खोज्न शनिबारसम्मको समय पाएका प्रमुख दलहरू कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले थप आजसम्मको समय पाएका छन् ।

उनीहरूले आज मध्यरातिसम्म भए पनि सहमति जुटाउनुपर्ने बाध्यता छ । सोही क्रममा प्रमुख दलहरूले आज दिनभरि आन्तरिक र समूहिक छलफल गर्ने नेताहरूले जनाएका छन् ।

प्रमुख दलहरूलाई आन्दोलनमा रहेका उपेन्द्र यादव, महन्त ठाकुर, कमल थापा, नेत्रबिक्रम चन्द, मोहन बैद्यलगायतलाई पनि चित्त बुझाउनुपर्ने दायित्व छ ।