२१ कार्तिक २०८३, शनिबार

पालमुनि बसेर कांग्रेसले महाधिवेशनको कार्यतालिका फेरि हेरफेर गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NC-CWC-and-Parliamentary-Paकाठमाडौं, १६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो १३ औँ महाधिवेशनको कार्यतालिका पुनः परिमार्जन गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज (शनिबार) बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले महाधिवेशनको कार्यतालिकामा परिमार्जन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने निर्णयको बैठकमा नेता शेरबहादुर देउवा समूहले खुलेर आलोचना गरेको छ ।

देउवा समूहका नेताहरूले महाधिवेशनलाई खेलौना बनाएको भन्दै नेतृत्वको आलोचना गरे । उनीहरूले बारम्बार कार्यतालिका फेरिरहँदा नेता तथा कार्यकर्तामा नकारात्मक असर पर्ने भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौला, बलबहादुर के.सी., बालकृष्ण खाँण र डा. प्रकाशशरण महतले आ–आफ्नो धारणा राखेको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधान निर्माणको विशेष परिस्थितिका कारणभन्दै कांग्रेसले पार्टीको महाधिवेशनको कार्यतालिकामा गाउँ, नगर वडा र नगर अधिवेशन २०७२ भादौ १७ गते सम्पन्न गर्ने गरी परिमार्जनको निर्णय गरेको छ ।

त्यसै गरी, क्षेत्रीय अधिवेशन भदौ २२ गते सम्पन्न गर्ने उल्लेख छ भने जिल्ला अधिवेशन भदौ २५ गते सम्पन्न गर्ने जनाइएको छ ।

केन्द्रीय कार्यसमितिले आफ्नो केन्द्रीय महाधिवेशन असोज २, ३, ४ र ५ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिधान र कानुनअनुसार कांग्रेसले आफ्नो महाधिवेशन असोजभित्र अनिर्वाय गर्नुपर्ने बाध्यता छ ।

कांग्रेसले महाविधेशनको कार्यतालिकामा पटक पटक हेरफेर गर्दै आएको पनि छ ।