२० कार्तिक २०८३, शुक्रबार

‘मरेका’ युनिटी सञ्चालक विष्णुबहादुर क्षेत्री कसरी ज्यूँदा भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

unity-660x330काठमाडौं, १६ साउन । दुई हप्ता अघि फेसबुकमा एउटा फोटो देखियो । नाकमा कपास कोचिएको थियो । रगतका टाटा भएको सेतो कपडाले ओढाइएको थियो । र, उनका दाईले स्टाटस लेखेका थिए, ‘भैसेपाटीमा गोली हानी हत्या गरिएका मेरो भाई, अलविदा, अलविदा, अलबिद ।’ स्टाटसमा मलामी गएकाहरुको नाम समेत खुलाईएको थियो ।

लास बनेका उनै विष्णुबहादुर क्षेत्री शुक्रबार सुट पाइन्टमा देखिए । साथमा थिए हत्या भएको भनेर फेसबुकमा फोटो अपलोड गर्ने उनका दाई कृष्णबहादुर क्षेत्री । जो युनिटी इन्टरनेशनलका नाममा सर्वसाधरणबाट रकम उठाएर ३ अर्ब ७९ करोड ठगी गरी चार वर्षदेखि फरार रहेका थिए ।

लास भएका विष्णुलाई सोधियो, ‘त्यो लास कसको थियो ?’ उनले जवाफ दिए, ‘मेरै हो हजुर ।’ ज्यूँदो हुँदाहुँदै कसरी त्यस्तो फोटो आयो ? अर्को प्रश्नको जवाफ आएन । केही समयपछि पारिवारिक लफडाको कारणले त्यस्तो फोटो पोस्ट गरेको बताए ।

Bishnu-Chettri

उनै दाजुभाईलाई महानगरीय प्रहरी अपराध महाशाखाकले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । कृष्णबहादुरको फेसबुक स्टाटसले नै अनुसन्धानमा सजिलो परेको महाशाखाले जनाएको छ । भैसेपाटीमा कुनै गोली नचलेको र हत्या नभएको खुुलेपछि उनीहरु भारतमा रहेको महाशाखाले पत्ता लगायो । खोजीमा खटिएका महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार उनीहरुलाई भारतको सिमलाबाट नियन्त्रणमा लिई शुक्रबार नेपाल ल्याईपु¥याएको हो ।

यूनिटी समूहले सरकारी निकायबाट अनुमति नलिइ युनिटी लाइफ इन्स्योरेन्स र सहकारी लगायतका संस्था सञ्चालन गरी सर्वसाधारणको अर्बौ ठगी गरेको थियो । जिल्ला अदालत, ललितपुरले यी दुवै विरुद्ध तीन वर्ष कैद र एक करोड छ लाख रुपैयाँ असुल्ने फैसला गरिसकेकाले पक्रिया पुरा गरी अदालतमा बुझाउने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख विज्ञानराज शर्माले जानकारी दिए । युनिटीबाट करिव साडे तीन लाख नेपाली ठगिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।