२० कार्तिक २०८३, शुक्रबार

नवलपरासीको जयश्री पुलको वैकल्पिक सडक निर्माणमा ढिलाइ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

daiversion-at-नवलपरासी, १६ साउन । नवलपरासी जिल्लास्थित गैँडाकोटको जयश्री पुल भाँचिएपछि भरपर्दो वैकल्पिक सडक (डाइभर्सन) निर्माणमा ढिलाइ भएको छ ।

ह्युमपाइप राख्ने काम भए पनि सामग्रीको अभावमा निर्माणको कामले गति लिन नसकेको पश्चिमाञ्चल सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

खोलाबाट ढुङ्गा, गिट्टी ल्याउन नपाउँदा कामले गति लिन सकेको छैन सडक डिभिजन कार्यालय बुटवलका सव इन्जिनियर विष्णु खनालले बताए ।

अमरापुरीको झरही खोलामा ढुङ्गा लिन ट्र्याक्टर जाँदा स्थानीयले अवरोध गरेपछि समस्या थपिएको छ ।

जिल्लाका खोलामा जिल्ला विकास समिति नवलपरासीले ठेक्का नलगाएकाले स्थानीयबाट खोलाजन्य सामग्री उठाउन समस्या भएको उहाँले बताए ।

ढुङ्गाको अभावमा ग्याबिङ भर्ने काम हुन नसक्दा दोहोरो गाडी पासमा समस्या भएको छ । ठूला गाडी पास हुन घन्टौँ लाग्ने हुँदा यात्रुले ठूलो सास्ती पाएका छन् ।

सोमबारदेखि रोकिएका मालबाहक गाडी भने अहिलेसम्म पनि गन्तव्यमा पुग्न सकेका छैनन् । देशकै प्रमुख सडक पूर्वपश्चिम राजमार्ग बन्द हुँदासमेत सरकारले ध्यान नदिएको भन्दै यात्रुले गुनासो गरेका छन् ।

यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले भने, ‘यो कामको अकण्र्मयता हो अरुलाई दोष दिएर काममा ढिला गर्ने बहाना बनाइनुहुन्न ।’