२० कार्तिक २०८३, शुक्रबार

कास्की पहिरो: मृतकको संख्या ३२ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kaski-pahilro1काठमाडौं, १५ साउन । विहीबार विहान कास्कीका छुट्टाछुट्टै तीन ठाउँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

पहिरोमा लुम्ले गाविस–६ माझघरमा २५ जना, भदौरे तामागी–५ मा ५ जना र ढिकुरपोखरी–९ ठूलाचौरमा २ जनाको मृत्यु भएको हो । पहिरोमा परेर घाइते भएका ८ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरा र ८ जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने पहिरोमा परेर भदौरे तामाग्री–५ मा ४ जना र लुम्ले–६ माझघरमा ६ जना बेपत्ता भएका छन् । उनीहरुको प्रहरीले खोजतलास गरिरहेको छ ।

यसैगरी अविरल बर्षाको कारण गुल्मी हंसरा–२ बाँदरे भिरस्थित रिडी–बुर्तिबांग सडकमा पहिरो आई ६ मिटर कच्ची सडक पुरिएर बाटो पूर्णरुपमा अवरोध भएको छ । प्रहरी टोली खटी गई बाटो खुलाउने पहल भइरहेको छ ।

यसैगरी अविरल बर्षाको कारण घोराही–रोल्पा सडक खण्डको दाङ सैघा गाबिसका विभित्र ठाउँमा पहिरो आई बाटो अबरोध भएको छ । प्रहरी टोली खटी गएर बाटो खुलाउने पहल गरिरहेको छ ।

यसैगरी बाग्लुङ रेसा–१ र २ को सिमानाको छिपछिपे खोलामा रहेको झोलुंगे पुल बाढीको कारण लतारिएको छ । पुलमा आवत जावत पूर्णरुपमा रोकिएकोले स्थानीय ४ सय घरधुरीलाई प्रभाव परेको छ । साथै रेसा–२ स्थित जनकल्याण निमाबिको भवनमा पहिरो आई कोठाभित्र बाढी पसेर पठनपाठन कार्य अबरोध भएको छ ।