२० कार्तिक २०८३, शुक्रबार

भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट, भारतलाई दिए धन्यवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deubaकाठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता देउवाबीच शिष्टाचार भेट भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजनीतिक मिनिस्टर काउन्सिलर तीर्थ वाग्लेले राससलाई जानकारी दिनुभयो ।

सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोगको सराहना गर्नुभएको थियो ।

यसअघि नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । भारत सरकारको निमन्त्रणामा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । रासस