काठमाडौं, १५ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले उपचारका क्रममा भारतको नयाँ दिल्लीमा छन् ।
उपचारकै क्रममा अस्पतालबाट सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता खनालले शुक्रबार भारत र नेपालबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् । नेता खनालले नेपालको संविधान निर्माण प्रक्रियामा भारतको सहयोग आवश्यक नरहेको बताए । ‘नेपालको संविधान निर्माणमा भारतको सदभाव आवश्यक रहे पनि भारतको सहयोगको आवश्यकता छैन् ।’ उनले पत्रकाहरुसँग भने ।
शान्ति प्रक्रिया र संविधान निर्माणमा भारतको सद्भाव आवश्यक भएपनि सहयोग नचाहिँने उनको भनाई थियो । ‘नेपालमा संविधान नेपालीले बनाउने हो, भारतले होईन । भारत आएर संविधान निर्माणमा सहयोग माग्नुको औचित्य छैन ।’ उनको प्रतिक्रिया थियो ।
सकेसम्म सीमांकनसहितको संविधान जारी गर्नुपर्ने धारणा उनले राखेका थिए ।












प्रतिक्रिया