तनहुँ, १५ साउन । स्वास्थ्य मन्त्री खगराज अधिकारीले सरकारी कोटामा अध्ययनरत डाक्टरलाई गाउँगाउँमा परिचालन गरी सेवा विस्तार गर्ने स्वास्थ्य मन्त्रालयको योजना रहेको बताउनुभएको छ ।
स्वास्थ्य सेवाको पहुँच दुर्गम बस्तीमा पु¥याउन आवश्यक छ, उहाँले भन्नुभयो । दमौली अस्पतालको नवनिर्मित २५ श्यया क्षमताको भवनको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सरकारी अस्पतालमा कार्यरत डाक्टर निजी स्वास्थ्य सेवामा बढी आकर्षित भएको चर्चा गर्दै उहाँले भन्नुभयो यसरी निजी स्वास्थ्य सेवामा लागेको थाहा भएमा कडा कारबाही गरिनेछ ।
स्वास्थ्य क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउन आफू सक्रिय भएर लागेकोसमेत उहाँले बताउनुभयो । उक्त अस्पतालको कुल लागत रु पाँच करोड ३४ लाख ४६ हजार ३५९ रहेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाले उक्त भवन निर्माण गरेको हो ।
सो भवनमा ३२ वटा कोठा रहेका छन् । कार्यक्रमको सभापतित्व दमौली अस्पताल विकास समितिका अध्यक्ष हरिराज कँडेलले गर्नुभएको थियो । सो अवसरमा दमौली अस्पतालका चिकित्सक विवेककुमार लालले अस्पतालका बारेमा स्पष्ट पार्नुभएको थियो । रासस












प्रतिक्रिया