काठमाडौं, १५ साउन । पहिरोले अवरुद्ध पोखरा-बागलुङ राजमार्गमा एकतर्फी यातायात सूचारु भएको छ ।
एक दर्जन बढी ठाउँमा पहिरोले सडक पुरेपछि बिहीबारदेखि अवरुद्ध भएको राजमार्गलाई डोजर तथा एक्जाभेटरको सहयोगले एकतर्फी रुपमा खुलाइएपछि शुक्रबार विहानदेखि यातायात सूचारु भएको कास्कीका डीएसपी केदार रजौरेले जानकारी दिनुभयो ।
पहिरोका कारण बिहीबार विहानैदेखि बाटो अवरुद्ध भएपछि सयौं यात्रु बाटोमै अलपत्र परेका थिए ।












प्रतिक्रिया