२० कार्तिक २०८३, शुक्रबार

एक जनाको रहस्मय मृत्यु हुँदा ३२ जना पक्राउ, अनुसन्धान सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorभीमदत्तनगर, १५ साउन । यार्सागुम्बा सङ्कलन गर्न बझाङको उच्च हिमाली भेग काँडा गाविस–३ को राइढुङ्गी लेक स्थानीय युवक धर्म बोहरा मृत भेटिएको घटनामा प्रहरीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको छ ।

गत शनिबार यार्सा सङ्कलनका क्रममा आफ्नो डेराबाट एक घन्टाको पैदल दूरीमा बोहरा मृत अवस्थामा भेटिएका थिए । करिब दुई दिनको पैदल यात्रापछि घटनास्थल पुगेको सीमा प्रहरी चौकी धुलीका प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वका टोलीले घटनामा संलग्नताको आशङ्का ३२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृतकका साला रामचन्द्र धामी, भाइ सबिन बोहरा र गणेश बोहराले यार्सा सङ्कलनका लागि रु पाँच लाखसमेत मृतक बोहराको साथमा रहेको प्रहरी समक्ष जानकारी दिए पनि सो रकमसमेत फेला नपरेको प्रहरीको भनाइ छ । “संलग्नताका आधारमा पक्राउ गरी अनुसन्धान थालेका छौँ”, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीले भन्नुभयो, “अनुसन्धानपछि मात्रै घटनाको बारेमा थाहा हुन्छ ।” रासस